अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ

प्रधानमन्त्री, केपी शर्मा ओली

२१ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लवबीच हिजो भएको तीन बुंदे सहमतिको आज हस्ताक्षर तथा घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर बाट नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।

उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।