९५ पर्ने गोलभेडाको मुल्य १४० किन ?

कदर समाचार
२० चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लक डाउन घोषणा गरेको आज १० दिन भएको छ । लक डाउनका बेला दैनिक उपभोग्य वस्तुको ढुवानी र वितरणमा कुनै समस्या नआउने बताए पनि फिजिकल डिस्टेन्स कायम राख्नुपर्ने भएकाले किनमेलमा केही असहज भने भएको छ । त्यसमा पनि सीमित पसल खुलेकाले तरकारीको भाउ निकै बढेको छ ।
कोरोना फैलिएपछि दिनप्रतिदिन तरकारीको मूल्य बढ्न थालेको छ । धेरैले त बढेको छैन किलोमा १०–१५ रुपैयाँले बढ्दै गएको छ । तर यसैगरि दिनप्रतिदिन बढ्दै गयो भने त काम पनि छैन केले किनेर खानु ।
सरकारले अत्यावश्यक खाद्यान्न तथा तरकारी ढुवानीमा रोक नलगाउँदा पनि तरकारीको मूल्य बढेको हुन सक्छ पनि ।
चैत १० गते देखि आज २० गतेसम्म तरकारीको मूल्य हेर्ने हो भने गोलभेडा १५ प्रतिशतले वृद्धि भएको छ । मेथी, रायो, तोरी, चम्सुर, पालुंगोको सागमा भने १ सय १४ प्रतिशतले वृद्धि भएको छ । काउली, बन्दा, भन्टा, बोडी, मुला, सिमीलगायतका तरकारीमा भने सामान्य घटबढ भएको छ ।
यसले बजारमा तरकारीको मूल्य नबढे पनि व्यापारीले भने बढाएको देखाउँछ ।
कालिमाटी बजारको मूल्य सूची हेर्ने हो भने मूल्य हेरिसक्नु छैन । ठूलो तथा सानो गोलभेडाको मूल्य प्रतिकिलो ८० देखि ९५ रुपैयाँ रहेको छ तर बजारमा भने उपभोक्ताले सय देखि १ सय ४० रुपैयाँसम्म तिर्नुपरेको छ ।
घिउसिमी ८०, बन्दा ६०, भन्टा ६०, भिण्डी १ सय ४०, काउली ८०, गाजर ४०, लामो फर्सी ४०, मटरकोशा ६०, मुला ४०, डल्ले फर्सी ५० प्रतिकेजी चावहिल तरकारी बजारमा कोरोबार भइरहेको छ ।
कालिमाटी तरकारी बजारमा भने तरकारीको मूल्यमा खास्सै अन्तर नभएको बजार विकास समितिका सूचना अधिकारीले बताएका छन् ।
कोरोनाले नै भनेर तरकारीको मूल्य वृद्धि भएको छैन, ५–१० रुपैयाँले घटबढ हुनु त सामान्य हो । अहिले बजारमा तरकारी आउने क्रम भने घटेको छ । अन्य समयमा ९ सयदेखि ११ सय टनसम्म तरकारी आउँथ्यो, अहिले दुई दिनमा त्यति आएको
छैन ।
लकडाउनको अवस्थामा पनि उक्त परिमाणको तरकारी आउनु राम्रै भएको भए पनि महङ्गो भने भएको छ ।