टेनि प्रतियोगिता विम्बल्डन रद्द

कदर समाचार
२० चैत्र, एजेन्सी । कोरोना भाइरस महामारीका कारण बर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको छ । आयोजक अल इङ्ल्यान्ड क्लबको हिजो बुधबार अबेर बसेको बैठकले यस सिजनको विम्बल्डन रद्द गर्ने निर्णय गरेको हो । विम्बल्डन दोस्रो विश्व युद्धपछि पहिलो पटक स्थगित भएको हो ।
विम्बल्डनको नयाँ संस्करण सन् २०२१ को जुन २८ देखि जुलाई ११ तारिखसम्म हुनेछ । यसअघि यस प्रतियेगिता यसै वर्षको जुन २९ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो । सन् १८८७ देखि सुरु भएको विम्बल्डन यसअघि पहिलो र दोस्रो युद्धको समयमा मात्र रद्द भएको थियो ।