२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाण्डौमा गरेको बिरोध सभालाई बोल्ने क्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए ।
‘पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन गरेकाले त्यसलाई सुचारु गर्नु र प्रतिगामी कदमलाई असफल पार्न, दोस्रो संवैधानिक परिषदको अवैधानिक बैठबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौ’ श्रेष्ठको भनाई छ । उनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन पनि आन्दोलन जरुरी भएको बताए ।
उनले लोकतन्त्रलाई हत्या गर्न ओलीले चुनावको कुरा गरेको भन्दै संविधानविरोधी चुनावलाई धज्जी उडाइने बताए । नारायणहिटी अगाडि ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्ति लाई फांसीवादको संज्ञा पनि दिए । ‘विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नयां तरिकाले फांसीवादको अभ्यास गर्दैछन् । फांसीवादको असफलता सुनिश्चित छ’ प्रवक्ता श्रेष्ठको भनाई
छ ।
उनले ओलीको फांसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएपनि अहिले सिंगो देश आन्दोलनमय भएको र एकीकृत आन्दोलन भइरहेको जनाए । नेपाली जनताले सामाजिक आर्थिक सम्बृद्धिको अपेक्षा गरेपनि गत निर्वाचनमा जनताले जनादेश दिएर सरकार बनेपनि निरंकुश, पदलोलुप ओलीलाई पार्टी र सरकारको नेतृत्वमा पुर्याएकाले सम्बृद्धिको प्रतिवद्धता पुरा गर्न नसकेकोमा आफ्नो तर्फबाट गल्ति भएको स्वीकार गरे ।
महिलालगायत उत्पीडनमा परेकाहरुलाई प्राथमिकता दिंदै समाजवादउन्मुख राज्य व्यवस्थाको विकास गर्ने बताए ।