Breaking News

निर्वाचन आयोगलाई शंका लाग्छ भने केन्द्रीय कमिटीका ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ

२८ माघ, काठमाडौं । नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिभिसभा बिघठन गरेका दुई धारमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आज राजधानीमा गरेको बिरोध सभामा नेकपा अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुं, आधिकारिकताको विवादमा पस्न पउंदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको भन्दै बताए ।

पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरेका थिए ।

अध्यक्ष माधवकुमार नेपाल