२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज काठमाण्डोमा गरेको बृहत बिरोध सभामा सो समूहका अध्यक्ष प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
ओलीले केहीे दिन अघि ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।
सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?
उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिए । प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ ।