Breaking News

यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुन सबैलाई आग्रह

२८ माघ, काठमाडौं । प्रधानमन्त्रीको प्रतिगमनका बिरुद्ध आज राजधानीमा नेकपा प्रचण्ड–माधव समूहले गरेको बिरोध सभामा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गरेका छन् ।

जनसभालाई सम्बोधन गर्दै वरिष्ठन खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताए ।

पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे, ‘आउनुस्, संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुन सबैलाई आग्रह समेत गरे ।

वरिष्ठ नेता , झलनाथ खनाल