Breaking News

थप १७१ जनामा कोरोना संक्रमर्ण पुष्टि

२२ काठमाण्डौँ । आज विहीवार नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ६ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२७ जना निको भएर फर्किएका छन ्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार २ सय ९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३३ पुगेको छ ।