Breaking News

सुन ९ सय घटेर ९१ हजार रुपैयाँमा कारोबार

२२ माघ, काठमाण्डौ । नेपाली बजारका सुनका भाउ बढ्ने र घट्ने क्रममा आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ९१ हजार रुपैयाँ मा कारोबार भएको जानकारी नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।