Breaking News

नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी

२२ माघ,काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा बढी देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।

त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् ।