१९ माघ, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिम कतारमा आयोजना हुने भनिएको टी–२० सिरिजमा सहभागी नहुने भएको छ ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको
छ ।
कतार सिरिजका लागि राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोर नजाने भएपछि बसन्त शाही ठकुरीलाई प्रशिक्षक तोकिएको थियो ।
टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीहरू पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकरसहित सन्दीप लामिछाने पनि समावेस थिएनन् ।
सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण हुने भनिएको थियो । तर अधिकांस खेलाडी बन्द प्रशिक्षणका लागि गएका छैनन् ।
सिरिजका लागि नेपाली टिम आगामी ७ फेब्रुअरीमा कतार प्रस्थान गर्ने कार्यक्रम थियो। त्यसपछि ९ फेब्रुअरी, १० फेब्रुअरी र १२ फेब्रअरीमा गरी तीन खेल खेलेको भोलिपल्ट टिम नेपाल फर्किने कार्यक्रम थियो ।