१९ माघ, काठमाण्डौ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आइतवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डसँग उनको ललितपुरको खुमलटारस्थित निवासमा गएर भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुखको संवैधानिक भूमिकामा पुगेपछि मौन उनले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको निम्ति स्थायित्व आवश्यक रहेको बताएका छन् ।
शेरचन भन्छन्, सबै जनाको त्यही खालको त्यही खालको चाहना भइदिए राम्रो हुन्छ भन्ने शुभेच्छाबाहेक मैले पदीय दृष्टिले त्योभन्दा बढी भन्न नसक्ने अवस्थामा छु ।
प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्डपक्षले अविश्वास प्रस्ताव दर्ता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू मुख्यमन्त्री रहेका लुम्बिनी र गण्डकी प्रदेशमा पनि मिलेर जान नेपाली कांग्रेसलाई प्रस्ताव गरेको प्रचण्ड पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।
तर प्रदेश प्रमुख शेरचन आफूले गण्डकी प्रदेश सरकारको स्थायित्वको पक्षमा सुझाव दिएको जानकारी दिँदै अन्य दुई प्रदेशको जस्तो अवस्था त्यहाँ नरहेको सुनाए ।
आफूले सर्वदलीय छलफल गरेको उल्लेख गर्दै उनले भने, प्रदेशको स्थायित्व र समृद्धिबारे हामी सबैको दृष्टिकोण एक हुनुपर्छ, बाहिर गर्ने र दलले गर्ने कुरा बेग्लै हुन्छ, मिलेर जानुहोस् तपाईँहरू भन्ने कुरा भयो, उहाँहरू अहिलेसम्म सहमत हुनु भएको छ र मिलेर अगाडि बढ्नु भएको छ ।