प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

१७ माघ, काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपिएफ पराजित गर्दै त्रिभुवन आर्मी क्लबले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो । आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पारे पनि तर आर्मीले रोमाञ्चक रुपमा खेल जित्न सफल भएको
छ ।