पार्टी फुट्नुमा प्रचण्ड र केपी को बराबर दोष छ

नेकपा नेता, बामदेव गौतम

१४ माघ, ललितपुर । आज दिउँसो लालितपुरको धोबिघाटमा गरिएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

धोविघाटमा नेकपा एकता अभियानको घोषणा गर्दै ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?

संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झ¥यौं’ गौतमले भने ।

पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ गौतमले भने ।

प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने उनले जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने ‘हुँदै भएन भने त्यतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।

पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताए ।

विभाजनमा प्रचण्ड र ओली बराबर दोषी

नेता गौतमले पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओलीको बराबर भूमिका रहेको बताएका छन् ।

‘पुस ५ गते एउटाले अविश्वास प्रस्ताव राखेर प्रधानमन्त्री हटाउने र विकल्पमा प्रधानमन्त्री हुने, अर्कोले तिमीले बहुमत पु¥याउन अनेक गर्दैछौ, त्यसो गरे प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा भनिरहनुभएको थियो अचानक भंग गरिदिनुभयो’ उनले भने ।

पार्टी विभाजनका लागि गरेको गल्तीलाई तराजुमा नाप्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको भनाइ छ । ‘पार्टी विभाजनमा कसैको बढी कसैको घटी भूमिका देख्दिन । संसद विघटनको क्षति अर्को पक्ष हो भयो, तर पार्टी विभाजन हुनको निम्ति दुबै नेताको बराबरी भूमिका छ, एउटाको बढी, अर्कोको घटी छैन’ उनले भने ।

आफूले प्रचण्ड–माधव समूहलाई पार्टी फुट्ने अवस्था आएमा अन्याय पनि सहनुपर्छ भन्दा अरु नेताहरु नमानेको गौतमले बताए । ‘प्रधानमन्त्रीको केही व्यक्तिवादी शैली, निरंकुश शैलीका कारण हामी एक ठाउँमा छौं, पार्टी फुट्ने मूल्यमा हाम्रो भावना दबाउनुपर्छ, अन्याय पनि सहनुपर्छ, भन्दा उहाँहरुले भन्नुभयो, कामरेड एकताले नै सबैथोक हुन्छ ? भन्नुभयो जस्ता विगतमा पार्टीभित्र भएका तितामिठा कुरालाई पनि उक्त असरमा भनेका थिए ।