कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौं : अर्थमन्त्री पौडेल

१३ माघ, काठमाडौं ।  कोभिडविरुद्धको लडाइँमा सरकार विजयन्मुख  बताएका छन् । ६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय देखिएको परीक्षणको नतिजाले यस्तो देखिएको बताए । ‘हामी कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौं । पछिल्लो समय आएका परीक्षण नतिजाले यस्तै भन्छ,’ पौडेलले भने । सरकारले गुणस्तरीय कोभिड खोप जनतालाई निःशुल्क वितरण गर्ने भन्दै अर्थमन्त्री पौडेलले खोप अभियान सकिएपछि नेपालको अर्थतन्त्र थप चलायमान हुने दाबी गरे ।

 

अर्थमन्त्री पौडेलले भन्सार चुहावट रोक्न उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने पनि बताए । व्यापार सहजीकरणकालागि भन्सार प्रशासनले निजी क्षेत्रलाई सहयोग गर्ने भन्दै उनले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि सघाउन निजी क्षेत्रलाई आग्रह गरे ।

 

 

 

 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा रहेको तहगत भिन्नता हटाउन सरकारको ध्यानाकर्षण गराए ।

 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त देखाएर व्यवहारिक कठिनाइ बढाउन भन्सार लाग्न नहुने धारणा राखे । भ्याट र आयाकरको दर क्रमश १० र २० प्रतिशतमा झार्न पनि श्रेष्ठले सुझाव दिए । एकद्धार प्रणाली सञ्चालन पछि भन्सारमा प्रशासनिक सुधार भए पनि भन्सार पूर्वाधारमा भने समस्या यथावत रहेको नेपाल उद्योग परिसंगका उपाध्यक्ष विष्णु अग्रवालको भनाई थियो ।

 

विष्णुप्रसाद पौडेल