कांग्रेसद्धारा प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक

१२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको आज मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।