Breaking News

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता

१२ माघ, काठमाण्डौ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन् ।

ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी टिप्पणी गरेका थिए । मंगलबार नै सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।