करिब ५ लाख एसइई बिद्यार्थीको परीक्षा कोरोनाका कारणले अन्योलमा

कदर समाचार
चैत्र १८, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा संगै चैत्र ६ गतेबाट संचालन हुने भनिए पनि विश्वमा फैलिएको कोरोना भाइरसका कारणले सरकारले तत्कालका लागि भनेर स्थगित गरिएको एसइई परीक्षामा समावेश हुने करिब ५ लाख बिद्यार्थी को सो परीक्षा कहिले संचालन हुने हो अन्यौलन भएको छ । सरकारले लकडाउन गरिरहेको बेला अहिले कोरोना भाइरसले । सो परीक्षालाई असर गरिरहको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको भए पनि परीक्षा स्थगित हुन पुग्यो ।
परीक्षामा कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको पनि थियो । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक हुने थिए ।
चैत ६ गते बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका शुरु हुने जनाइए पनि कोरोना भाइरसका कारणले अनिश्चिातका लागि स्थगित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको भएपनि तत्कालका लागि रोकिएको जानकारी दिएका थिए । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिएको भए पनि । कोरोना सङ्क्रमण रोकथाम गर्न नभई एसइई परीक्षा बाट थप त्रास र भयाव हुन सक्ने आकलन गर्दै शिक्षामन्त्री पोखरेलले हिजो सार्वजनिक अपिल जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै अहिलेलाई परीक्षाका स्थगित गरिएको जानकारी दिएका थिए ।