संक्रमित युवती चढेको जहाजमा गुल्मीका चार जना आएका थिए

कदर समाचार
चैत्र १८, गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ उत्रेकी कोरोनाभाइरस संक्रमित युवतीसंगै गुल्मीको मुसिकोट नगरपालिकामा मात्रै ४ जना आएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार वडा नम्बर–१ पौदी अमराईका एक जना काठमाडौमा सुरक्षित रहेका छन्, वडा नम्वर ३ को बडागाउंमा एक जना, मुसिकोट नगरपालिका–६ को कुर्घामा एक जना र वडा नम्वर ८ को वामीमा एक जनासहित चार जना आएका हुन् । सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । सबैको स्वास्थ्य अवस्था राम्रो छ । तर पनि सावधानी अपनाउन भनिरहेको छ ।