ओली उल्टो खोपडीको मान्छे हो

‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ- अध्यक्ष, प्रचण्ड

९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका ले आज राजधानी काठमाण्डौमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघठन गरेपछि त्यसको विरुद्ध र सोही कदमबाट पार्टी दुई धारमा देखिएपछि सोको शक्ति देखाउनको लागि आज भएको प्रदर्शन पछि गएको जनसभालाई बोल्ने क्रममा नेकपा अध्यक्ष ‘प्रचण्ड’ ले आफ्नो बोल्ने समय प्राय जनपक्षीयका साथै प्रधानमन्त्री ओलीकै विरुद्धमा बोलेका थिए ।

अध्यक्ष प्रचण्डले भने, विगत तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको स्वीकार गर्दै आत्मालोचना गरेको बताएका छन् । त्यसमा ओलीलाई मात्र दोष नदिएर यसमा आफुहरुको पनि केही न कही दोष भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारेका छन् ।

केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास आफूले लिएको बताए ।

प्रधानमन्त्री ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको तर यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको बताए ।

‘हामीले तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं,’ उनले भने, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नु पर्थ्यो, हामीले गर्न सकेनौं, यसमा म तपाईहरुसामु आत्मालोचना गर्छु ।’

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको प्रचण्डले बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

नेपाली जनताको बलमा नै विगतमा प्रतिगामीहरु परास्त भएको जिकिर गर्दै प्रचण्डले भने, ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ ।’

अहिले पनि प्रतिगामी तत्वहरुलाई जनताले घुँडा टेकाउने उनको भनाइ थियो ।

उनले कुर्सी पाउनका लागि केपी ओलीले जस्तोसूकै सहमति गर्ने तर कार्यान्वयनमा जहिले पनि धोका दिने गरेको उनले बताए ।

राजावादीसँग मिलेर वा दक्षिणपन्थीसँग मिलेर प्रचण्डलाई सिध्याउने नै केपी ओलीको एकमात्र मिसन रहेको उनले प्रस्ट पारे । तर जनता साथमा भइसकेपछि कुनै पनि तागतले आफूलाई हराउन नसक्ने कुरा इतिहासमा प्रमाणित भइसकेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्दिन, संघीयता मान्दिनँ भन्ने प्रवृत्ति ओलीमा देखिएको उल्लेख गर्दै उनले यो प्रवृत्तिलाई परास्त गरेर विश्वमा समाजवादको नेपाली मोडल देखाउने आफूहरुको लक्ष्य रहेको र अबका दिनमा पार्टीलाई त्यही दिशामा नै लैजाने बताएका थिए ।