उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछन्, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्

प्रधानमन्त्री, केपी शर्मा ओली

९ माघ, काठमाडौं । नेकपाको प्रचण्डमाधव नेपाल पक्षले आज राजधानी काठमाण्डौमा प्रतिनिधिसभा बिघठनको बिरोधमा जनप्रदर्शन गरेपछि त्यसको खिलापमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रदर्शनलाई सामान्य भनेर टिप्पणी गरेका छन् ।

आज राजधानीको बबरमहलमा पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।

कार्की ब्याङ्क्वेटमा जम्मा भएका केही न्यून कर्याकर्तालाई सम्बोधन गर्दै आफ्नै समूहका अध्यक्ष समेत रहेका ओलीलेभने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् भनेर ब्यांग्य टिप्पणी दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन पनि चेतावनी दिएका थिए ।