प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ सकियो आइतबार पनि सुनुवाई जारी रहने

९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । संवैधानिक इजलासमा शुक्रबार रिट निवेदकका तर्फबाट रिट निवेदक समेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।

रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ । रिट निवेदकका तर्फबाट तीन सय भन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।