यो कास्टिङ मात्र होे, ‘फिल्म सुरु हुन बाँकी नै छ

नेकपा अध्यक्ष, माधव कुमार नेपाल

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज गरेको जनप्रदर्शन पनि जनसभालाई बोल्ने क्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको छ । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।

काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनःस्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले नेताहरुलाई सोध्न पाएको छैन ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली तानशाह हिटलरको बाटोमा हिडेको बताएका छन् ।

ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताए ।

केपी ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताएका नेपालले ओलीविरुद्धको अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै रहेको र पुरा फिल्म त बाँकी नै रहेको पनि बताए ।

अध्यक्ष नेपालले केपी ओलीलाई पार्टीले कारवाही गरिसकेको भन्दै उनी रहन्जेल पार्टी र सरकार कुनैपनि अघि बढ्न नसकेको जिकिर गरे ।

ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे । उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए । उनले ओलीलाई सुर्धान गरेका अनेकन प्रयास असफल भएको र त्यसमा पनि समीक्षा हुनसक्ने बताए ।

उनले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको अध्यक्ष नेपालले बताए ।