हो म साहित्यकार ओझेलमा परेकी ? कतिका प्रस्तावलाई अस्वीकार गरे हँुला । त्यसमा गाली गलौज पाए हँुला । विश्वासबिना रहेको देशमा कति प्रस्ताव मानु र कसरी विश्वास मान्नु म ? गाली, टिका, टिप्पणी भए होलान्, झगडा पनि कसरी गरु, एक साहित्यकार, सबैलाई सकरात्मक सोच्दासोच्दै जिवनका आधा पाटो जान लाग्यो । प्रस्तावका उत्तर दिन नसक्दा कति गाली खाए होला, त्यसमा पनि दुःख लाग्दछ । आखिर के नै रहेछ जिन्दगी केवल संघर्ष नै साथी रहेछ । दुख र छटपटीमा साथ दिने नै प्रकृति र साहित्य रहेछ । साहित्यबिनाको जिवन एक धमिलो पानीमा
बाँचिरहेको माछा जस्तो हुन्छ । जिवनमा एक्लै जन्म्यौं, एक्लै आयौ तर पनि क्षणिक साथी मात्र भेटिदा रहेछन् । आखिर दुःख, संघर्ष र मनको आत्मियता आफैसँग मात्र हुन्छ । यि शब्दहरुका माला दुःखले सिर्जित बनाउदा रहेछन् । दुःखमा साथ दिने भन्दा घाउ चर्र्काएर सोझो पनको फाइदा लिने हुन्छन् । त्यसैले जिवन के हो, शिक्षा के हो, सौन्दर्य के हो, चरित्र के हो, इज्ज्यत के हो, सबै जानेर पनि त्यसलाई धमिल्याउने आफ्नादेखि परसम्मका हुन्छन् । त्यो बेला सम्हालिन साह्रै गाह्रो भए पनि यी अक्षरका गन्तव्यले बादर हैन मान्छे बनाएर उठाएको छ । यिनै अक्षरका गन्तव्यलाई मृत्यु ठानी इमान्दारीको बाटो हिडेकी छु । अनि नाम र दामको पछि लाग्दछन् र दास बनाउँछन् । ति बाट तर्कन पनि साहित्यलाई अंगालोमा राखी हाँसी–हाँसी उठ्नु पर्र्दोरहेछ । साहित्य मूर्ति हो आवाज विहीनहरुको लागि ।
होस् नभएकाहरुले धोका दिन्छन्, प्रयोग गर्छन्, एसिड अनुहारमा फ्याक्छन् तर त्यसको पीडा त्यही पर्नेलाई मात्र थाहा हुन्छ । प्रेमको नाममा महिलालाई टर्चर दिइन्छ । उसले नमाने अर्को प्रतिस्पर्धी बनाएर विचार चोरी उछिन्न खोज्छन् । एसिड खन्याउछन्, बलात्कार गराएर अर्को
रोज्छन् तर के थाहा त्यहाँ भित्रको पीडा । त्यसैले ति चोटका बदलामा मलम लगाउने कुनै राजनीति नै छैन ? न कुनै साथी, आफन्त,
परिवार ? ति चोटमा मलम लगाउने केवल साहित्य हो ।
वास्तविकता अर्को छ । त्यही चोट र आफू सम्हालिन नसक्दा धेरै दायित्व वहन गर्नुपर्ने, आफैलाई हराउन खोज्ने र उठ्ने नदिनेको ? प्रतिस्पर्धी बोक्नु र तिनलाई समर्थन गर्नु नै दासत्व स्वीकार्नु हो । त्यसैले साहित्यले ति फोहोरी राजनीति एकातिर मिल्काएर सत्यताको बिऊ रोप्दछ । साहित्य सभ्य दस्तावेज हो जहाँ प्रतिस्पर्धी भन्दा नि यर्थाथताको कुरा गर्दछ । साहित्यलाई निरन्तरता दिने मेरो हात आफ्नै संघर्षमा दौडिने छ । हो म आफ्नो अधिकार र गर्भबाट विद्रोह गरेर चिहानमा पुग्दा पनि घिर्सी–घिर्सी यो नर्कमा आएकी छु । जिन्दगी अमिलो हुन्छ जहाँ तचगभ यिखभ नै रहनेछ, केवल भौतिकवादको प्रेम हुदोरहेछ । फेरी साहित्यको भर्याङ चढी अक्षरसँग ओल्टापोल्टा गरी तिनै अक्षरहरुले बाँच्न सिकाउछ र यर्थाथ लेख्न ।
यसरी साहित्यलाई बाँच्ने आधार बनाएर काम गर्न खोज्दा पनि उनीहरु लडाउन खोज्दछन्, उठाउन होइन । घरदेखि परसम्म प्रेरणा छैन, जहिले पनि समाजवादी बनेर आफ्नै दुश्मन उठाउदछन् । त्यसैले अक्षरहरुसँग दुःख साट्यो अनि बल्लतल्ल सास फेर्यो । शहरका घरमा भाडामा बस्यो, काम गर्न नजान्ने बनाउछन् घरबेटीदेखि भाडावालसम्म र मौका परे दास बनाएर मिच्न खोज्छन् ? २,४ पैसाको लोभमा बसेका शहरका भौतिकवादका मान्छेहरु पैसालाई आफ्नो ठान्दछन्, संघर्ष र इमान्दारी तालाई होइन । अर्काको रुमभित्र पस्यो, कामको वर्णन, अन्धविस्वासी कुरुपताका अगाडी हाम्रो साहित्यको के काम ? साहित्यसँग बाँच्नेहरुलाई बहुत गाह्रो छ जहाँ काम गरिन्छ त्यहाँ केटासँग बोल्दा, काम गर्दा उनीहरुका श्रीमती मार्फत् गलत भ्रममा पारेर परिश्रमको पैसा खोस्छन् ।
राम्रो र असल नचिन्ने वेहोसी महिलाहरुले पनि समाजमा विकृति र नारी शोषण नल्याएका होइनन् । कतिपय नारीहरु आफ्ना बुढासँग राम्रै बोलेपनि एकल तथा अविवाहित महिलाहरुलाई इज्ज्यत नभए झै शंका गर्दछन् । अविवाहित तथा एकल महिला भएर आफ्नो चरित्र र शरिर बचाउन गाह्रो छ र झुटो आलोचनाको सिकार बनाउछन् । महिलाहरु समाजमा लोग्ने भेट्ने वित्तिकै स्वर्गको अनुभूति गर्छन् । अविवाहित महिलालाई हेप्छन् । आफ्नो बुढा अर्को केटीसँग जिस्किदा आफ्नो बुढो ठिक र त्यो अविवाहित महिलालाई बेठिक भन्छन् ? यि कारणले महिलालाई सुरक्षाको अनुभूति हुँदैन । आफ्नो गल्ती नदेख्नेहरु अरुलाई धेरै बोलि भन्दै हिड्छन् । समाजमा त्यस्ता महिलाले उठ्न दिएका
छैनन् । साहित्य यसरी ओझेलमा पार्छन् । नङग्याउन खोज्ने, रिस गर्ने र चरित्र हत्या गरि केही नजान्ने बनाउने कारणले साहित्यलाई बचाउन गाह्रो छ ।
शहरका घरमा हेरौं वा अन्य एकल तथा अविवाहित महिला देखेपछि हेप्ने, जिस्किने एउटा नोकरको रुपमा प्रस्तुत बनाउन खोज्दछन् । साहित्यलाई बचाएर वातावरण गराउन गाह्रो छ । अर्काको घरमा बसिन्छ, विद्रोह गरे घरसर भन्दछन् यो पनि साहित्यलाई ठेस लाग्ने वातावरण हो । साहित्यलाई यति गाह्रो छ बचाउन, जन्माउन यी क्रुरहरुको अगाडी । साहित्यकार म जस्ताले अर्कालाई डिस्टप नी नगर्ने अरुले आफ्नो व्यक्तिगत कुरामा हस्तक्षेप नगरोस् भन्ने हुन्छ । साहित्यसँग बाच्न अरु भौतिक शरिरसँग जिस्कने रमाउनेसँग मिल्न सकिदैन । यसरी द्धन्द्धका चोटमा प्रतिकार गर्ने चेलीसँग जिस्किएर शरिर र जिउको कुरा गर्दछन् अश्लिलहरु, समाजका वेइज्यति पशुहरु । त्यसैगरी तिनका छोरीप्रति अरुले गर्दा के हुन्छ ? त्यसैले साहित्य कति गाह्रो छ उज्यालोमा ल्याउन । भौतिकवाद, काठमाण्डौका घर, गाडी, महल, महंगा कपडा, गरगहनासँग दाजेर दाजिन्न, यो अमूल्य छ । यो उनीहरु भन्दा कयौं माथि र हिमालभन्दा माथि र पारी चम्किरहेको छ, ओझेलमा पार्न खोज्दछन्, दलाल पूँजिवादका उपज हरु । कति पढेको भनेर खलवल बनाउने भौतिकवादका उपजहरुले आफ्नो बच्चालाई संस्कारदिन जान्दैनन्, के को साहित्यलाई सम्मान दिने हो ? पत्रपत्रिकामा यर्थाथ लेखेका च्यातेर हिडेका पनि देखियो । समाज किन वेहोस छ ? अश्लितालाई सम्मान र साहित्यलाई लात किन ? शक्तिको नाममा अश्लिल, असभ्यता र अन्धश्विास समाजमा जमेको पाइन्छ । यस्तो झारपातबाट साहित्यलाई गोडमेल गराउन गाह्रो रहेछ । त्यसैले साहित्यलाई अडर नगरौं । साहित्य कसैको दासत्वमा रम्र्दैन बरु विद्रोह गर्छ । आफुले अरुलाई दुःख नदिएपछि अरुको दासत्व साहित्यले स्वीकार गर्दैन । अत्याचारको विरुद्धमा अध्यारोमा पनि वत्ति बोल्छ शब्दहरु सँग । त्यसैले यहाँ संगत मान्छेको भन्दा साहित्यसँग मिल्नु र अक्षरसँग उठ्नु छ, आफूलाई दास र नोकर बनाउनेसँग होइन । त्यसैले यस्ता किच–किचेहरुका अगाडी साहित्य लुकाएर सिर्गानु छ, संघर्ष गर्नु छ ।