११ वैशाख, धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

