पचालझरना गाउंपालिका ४ वडाद्धारा सुरक्षित क्वारेन्टाइन स्थापना

वडाअध्यक्ष रोकायाका अनुसार कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा वा भारतलगायत अन्य मुलुकबाट आएको भेटिएमा आपतकालिन रुपमा बस्न मिल्ने क्वारेन्टाईन स्थापना गरिएको हो । म यस वडाको जनप्रतिनिधि भएको र त्यसमा पनि म सधै जनताको जनहितका लागि सदैव सेवा–सुविधाको लागी पर्ने भएकाले र मेरो कर्तव्य समेत भएकाले जनताको सुरक्षाको कुनै कसुर बांकी नराखी दिनरात खटिरहने र खटेको छु अध्यक्ष रोकायले कदर न्यूजलाई बताउनु भएको छ ।

कदर समाचार
चैत्र १८, कालिकोट । कोरोना भाइरसले विश्वलाई मर्महात पारिरहेको बेला त्यसको अछुतो नेपाल पनि रहन सकेन । नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरिरहेको पनि छ । जनता आ–आफ्नो घरमा त्यसको पालना गरेर बसीरहेका पनि
छन् । साथै  विदेश तथा भारतबाट आएका जनतालाई १४ दिन सुरक्षित क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने रणनीति अनुसार कालिकोटको पचालझरना गाउंपालिका वडा न. ४ ले पनि यस्तै रणनीति अनुसार राम्नाकोट श्री ज्ञाननोदय माध्यामिक बिद्यालयमा ६ सैयाको क्यारेम्टाईन स्थापना गरिएको छ । भारत तथा विदेशबाट आएका मान्छेहरुका लागि १४ दिनको सुरक्षित क्वारेन्टान स्थापना गरिएको कुरा सो वडा अध्यक्ष अनरुप रोकाया बताउँछन् । उनका अनुसार मेरो वडामा बसोबास गर्ने महानुभाव जो भारत तथा विदेशबाट आउनु भएको छ भने सरकारको रणनीति अनुसार पहिला सुरक्षित क्वारेन्टाइनमा बसेर परीक्षण गरे पछि मात्र घर जाने रणनीति अनुसार हामीले त्यस्ता खाले मान्छेका लागि र कोही गाउंघरमा कोरोना भाइरसबाट संक्रमित र त्यसको संका लागेको खण्डमा सुरक्षित राखिने भएकाले त्यसको जोखिमलाई न्युनिकरण गर्न आवस्यकता अनुसार अपुग भएको खण्डमा थप्ने गरी हाललाई ६ सैयाको क्यारेन्टाईन स्थापना गरिएको बताउनु हुन्छ ।

 

वडाअध्यक्ष रोकायाका अनुसार कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा वा भारतलगायत अन्य मुलुकबाट आएको भेटिएमा आपतकालिन रुपमा बस्न मिल्ने क्वारेन्टाईन स्थापना गरिएको हो । म यस वडाको जनप्रतिनिधि भएको र त्यसमा पनि म सधै जनताको जनहितका लागि सदैव सेवा–सुविधाको लागी पर्ने भएकाले र मेरो कर्तव्य समेत भएकाले जनताको सुरक्षाको कुनै कसुर बांकी नराखी दिनरात खटिरहने र खटेको छु अध्यक्ष रोकायले कदर न्यूजलाई बताउनु भएको छ ।

हाल बिश्वभर महामारीको रुपमा फैलिएको कोभिन–१९ वा कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ३४ हजार जतिको ज्यान गैसकेको छ । त्यसको प्रभाव नेपालमा फैलिना नदिन संघ, प्रदेश र स्थानिय निकाय आ–आफ्नो क्षेत्रबाट क्रियासिल रहेका छन् । त्यसैले मेरो गाउंपालिका र त्यसमा मेरो वडामा त्यसका प्रभाव रहन नदिन लागी परेको बताउनु हुन्छ अध्यक्ष रोकाया । म पहिल्यै देखि नै जनताको स्वास्थ्य क्षेत्रको बारेमा हरेक प्रकारका गतिविधिका साथै सुरक्षित जनचेतना कार्याक्रम समे गर्दै आएको र अबका दिनमा यस कोरोना भाइरसलाई यस गाउंपालिका भित्र फैलिन नदिन हरदिन खटिएकाले त्यसमा जनतामा सुरक्षित र सावधानी अपनाउन अनुरोध समेत गर्दछु ।