टेनिस खेलाडी सारापोभाद्धारा सन्यास

एजेन्सी । चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै विश्व प्रख्यास रसियन टेनिस खेलाडी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पाँच पटककी ग्रान्डस्लाम विजेता
सारापोभा काँधको चोटबाट पिडित छन् ।
सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी सारापोभाले त्यसपछि कोर्टमा तहल्का पिटिन् । सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै उनलाई १५ महिना प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धपछि पुनः टेनिसका फर्किएकी सारापोभालाई पुरानै फर्ममा आउन गाह्रो भयो ।
चोटकै कारण ३२ बर्षकै उमेरमा उनले कोर्ट छाड्ने संकेत गरेकी हुन् । सारापोभाले एक म्यागाजिनमा लेग लेग्दै अब टेनिस खेल्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्न‘होस् । म गुडवाई भन्न चाहन्छु । पूर्व विश्व नम्बर एक सारापोभाको वरियता पछिल्लो समय खस्किएर तीन सय ७३औं स्थानमा पुगेको थियो ।