सुत्नुअघि दूध पिउदा स्वास्थ्यका लागि फाइदा

एजेन्सी । बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दुध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दुध पिउनु स्वास्थ्यको लागि
रामबाण हो । रातिको सयममा दुध पिउँदा दुधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दुध पिउनु उत्तम रहेको बताउँछन् । रातिमा दुध पिउँदा के के फाइदा छन् ?
मिठो निन्द्राको लागि ः राति सुत्नुअघि दुध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दुध पिउनुपर्छ । दुधले मानसिक तनाव कम गर्न मद्दत गर्छ । दुध पिउँदा दिमाग शान्त रहन्छ । दुधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ । यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ । मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दुध पिउनुपर्छ पाचन शक्ति बढाउँछ
दुधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ । राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दुध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, दुधले खानामा भएको मसलाको असर पनि कम गराउँछ । दुधले शरीरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ ।
गुडसँग दुध
दुधमा गुड मिसाएर दुध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ । दुध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । रातमा दुध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ । साथै, दुधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुज बनाउँछ ।