कोरोना भाइरसको असर भान्सादेखि ठूला आयोजनासम्म

कदर समाचार
चैत्र १७, काठमाण्डौ । दुई महिनायता चीन हुँदै अन्य देशमा फैलिएको कोरोना भाइरसको असरले यो उद्योग तथा अन्य व्यापारीजन्य व्यावसायको उत्पादन घट्दो क्रममा रहेको छ । उद्योगका लागि कच्चा पदार्थको कमीका कारण उत्पादन कटौती हुन गएका पनि छन् ।

कोरोना सन्त्रासले ठूलठूला उद्योगमा प्रयोग हुने कच्चा पदार्थदेखि सामान्य होटलमा प्रयोग हुने लसुनको समेत आयात रोकिएको छ ।
प्राय लसुन होटल तथा रेस्टुरेन्ट व्यावसायी बढी मात्रामा खपद हुने भएकाले चीनबाट आउने लसुनको मूल्य वृद्धिले व्यापारमै असर परेको छ । दोब्बर रकम तिरेर लसुन खरिद गरेर भान्सामा प्रयोग गरिपनि रहेका छन् ।
कोरोना भाइरसको असर भान्सामा प्रयोग हुने लसुनदेखि ठूला परियोजनासम्ममा परेको छ ।
राष्ट्रिय गौरवका आयोजनाका साथै अन्य व्यापारी क्षेत्रमा पनि यो भाइरसका कारण प्रभावित बनेका छन् ।
त्यस्तै भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, बुुटवल–नारायणगढ ६ लेन सडक विस्तारका कामलाई पनि कोराना भाइरसले समस्याले रोकिने सम्भावना पनि रहेको छ ।
त्यस क्षेत्रमा चाइनिज कामदार , प्राविधिकहरुको बाहुल्यता रहेको छ तर उनीहरु फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले कामलाई अघि बढाएका छन् । सडक विस्तारको काम चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले लिएको छ । सडक विस्तारको काम अन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ किमि सडक एक खण्डको काम जारी छ ।
त्यसैगरी पूर्वी नवलपरासीको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किमि सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ ।
आयोजनामा व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार कार्यरत आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिक जिम्मेवारी चिनियाँकै छ । तर आधाभन्दा बढी कामदार चीन गएका छन् । रोगको सङ्क्रमण फैलिएपछि उनीहरु उतै रोकिएका हुन् ।
परियोजनका अनुसार नेपालमा आए पनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको बताए । उनले चाइनिज नआएपछि नेपालीहरुले नै कामलाई निरन्तरता दिएको बताए । गौरवको आयोजनाका रूपमा रहेको सडक गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै काम थालिएको थियो ।पर्यटक पनि घटे
कोरोना भइरसले विकास निर्माण जस्तै पर्यटनमा पनि परेको छ । बौद्ध धर्मावलम्बीहरु आस्थाको केन्द्र मानिने लुम्बिनीमा पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्या शून्य छ । लुम्बिनी विकास कोषकाले चिनियाँ पर्यटकको सङ्ख्या शून्य रहेको छ । भाइरसका कारण चिनियाँहरु आएका छैनन् । भारत, थाइल्यान्ड लगायत मुलुकका पर्यटकहरुको सङ्ख्या भने गत वर्षको जस्तै छ ।