लिभरपुल साउथह्याम्टन सँग १-० गोलले पराजित

२१ पुस, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल पराजित भएको छ ।

सोमबार भएको खेलमा लिभरपुललाई साउथह्याम्टनले १(० गोलले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै साउथह्याम्टनले अग्रता लिएको थियो। वार्ड प्राउसको फ्रिकिकमा ड्यानी इङ्ग्सले गोल गरेर साथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पराजयपछि पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। लिभरपुलले १७ खेलबाट ३३ अंक बटुलेको छ ।

यद्यपी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले लिभरपुललाई अंकमा पछि पार्न सक्नेछन् ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ। एक खेल कम खेलेको युनाइटेडले आगामी खेलमा जित हात पारे लिभरपुललाई पछि पार्नेछ ।

दुई खेल कम खेल्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । दुवै खेलमा जित हात पारे सिटीले पनि लिभरपुललाई पछि पार्नेछ ।

अंक तालिकामा तेस्रो स्थानको लेस्टर सिटीले १७ खेलबाट ३२ अंक र चौथो स्थानको टोटेनहमले १६ खेलबाट २९ अंक जोडेका छन् ।