म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोलले पराजित

२० पुस, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३(१ गोलले पराजित गरेको छ ।
सिटीले चेल्सीलाई आइतबार राति भएको खेलमा उसकै घरेलु मैदानमा पराजित परको हो ।

खेलको १८ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

२१ मिनेटमा फिल फोडेनले सिटीको अग्रता दोब्बर पारे। उनलाई गोल गर्न डि ब्रुयनले पास उपलब्ध गराए ।

३४ मिनेटमा सिटीले तेस्रो गोल ग¥यो। ब्रुयनले तेस्रो गोल गर्दा सिटी पहिलो हाफमा ३(० ले अघि रह्यो ।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा चेल्सीका कलुम हड्सन ओडोइले गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो ।

लिगको अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २–१ ले हराएको छ ।

चेल्सीको पछिल्ला ६ खेलमा यो चौथो हार हो ।

सिटी १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ भने चेल्सी १७ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा झरेको छ ।

यता जितसँगै लेस्टर १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ ।