त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा एकैपटक उपप्राध्यापकका लागि आवेदन खुलाउने तयारी

२० पुस, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा एकैपटक उपप्राध्यापकका लागि आवेदन खुलाउने तयारी गरेको छ ।

प्राप्त अनुसार त्रिविले छिटै करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुलाउँदैछ ।

‘खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्तिका लागि आवेदन गर्ने हाम्रो तयारी छ,’ उनले भने, ‘कहाँ कति प्राध्यापक रिक्त छन् त्यसको सबै जानकारी लिने काम भइरहेको छ । छिटै आवेदन खुलाइन्छ ।

त्रिविमा आंशिक प्राध्यापकहरूले आफूहरूलाई करार गर्नुपर्नेजस्ता माग राखेर आन्दोलन गरिरहेका बेला त्रिविले उपप्राध्यापक पदमा आवेदन खुलाउने तयारी गरेको हो ।