काठमाडौँ । सगरमाथाको चुचुरोमा १५ दिनमा चार पटक पुगेर विश्व कीर्तिमान कायम राखेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले गएको शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८।८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेक्न भ्याएका थिए । कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित बिमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा स्वागत गरेका छन् ।

