Breaking News

मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा

काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो झरना ।
राजधानी काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरसाइकल तथा बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथिपट्टि रहेको छ ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानीयहरू बताउँछन् । त्यस्तै अन्य दिनहरूको तुलनामा शनिवार भने अत्यधिक भिड लाग्ने गर्दा छ । तस्बिर : फोटो लाइब्रेरी

रातोपाटीबाट