महामुर्खको उपाधि लालबाबु राउतलाई

कदर समाचार
चैत्र १७, जनकपुर । सधै जै दिइने पदकी यस वर्ष पनि एक कार्यक्रम गरी दिइएको छ । होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामूर्ख सम्मेलनमा आफुलाई महामुर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ दर्जनौ विशिष्ट व्यक्तिहरु जनकपुरधामको जानकी मन्दिरमा प्रतिक्षा गरेको देखिन्थे। जसमा मुख्यमन्त्री लालबाबु राउतदेखि प्रदेश सभासदस्य, गाउ“पालिकाका अध्यक्षसम्म सामेल थिए ।
विशिष्ट व्यक्तिहरुकाबीच मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले महामुर्खको उपाधि पाउन सफल भएका छन् । महामुर्खको उपाधि पाएपछि मुख्यमन्त्री राउतको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई फर्सीको टोपी लगाइदिएर सम्मान गरिएको थियो । हास्य ठट्यौलीका लागि भएको सो सम्मेलनमा भकौवाको उपाधि प्रदेशसभा सदस्य परमेश्वर साह, पटमुर्खको उपाधि प्रदेशसभा सदस्य मनिष सुमन, हराशंकरको उपाधि प्रदेशसभा सदस्य राम आशिष यादव, विलौर शंकरको उपाधि प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पाएका छन् ।
महामुर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्र, साहित्यकार रोशन जनकपुरी बलगोबना, बृहतर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम मिश्र, पिपरा गाउपालिकाका अध्यक्ष विक्रम चौधरी, बलराम साह, साहित्यकार पुनम झा मैथिली अदल बदली, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, युवा अभियन्ता सुशील कर्ण लगायतलाई हास्यास्पद उपाधि प्रदान गरियो । सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तु माथि कटाक्ष  गरेका थिए । महामुर्खको उपाधि विगत २२ वर्षदेखि दिईदै आएको छ ।