Breaking News

पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय हुँ

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट संघीय सांसदहरूलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्ने क्रममाअ ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् ।

पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरे ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने
रे ! अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।

प्रधानमन्त्री, केपी शर्मा ओली