Breaking News

संसद बिघटनको विरुद्धमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीद्धारा पक्राउ

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि जताततै विरोधका स्वर आइरहेको बेला आज संसद विघटन विरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

यसैबीच सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।