Breaking News

संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारीमा

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।