Breaking News

ओली निकट सांसदहरुको बैठकमा रामबहादुर थापा (बादल) गएनन् पुल्चोकमा छुट्टै भेला

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्रीले संघीय संसदको बिघटन गरेपछि एकाएक नेकपामा देखिएको फुटको संघारमा आज प्रधानमन्त्रीले आफू निकट सांसदको भेला गरिरहेका छन् । सो भेलामा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल भने सहभागी नभएर मन्त्र ी निवास पुल्चोकमा आफ्नो समूहको छुट्टै भे ला गरिएको बुझिएको छ । पूर्व माओवादी समूहबाट गृहमन्त्रीको कोटाबाट गृहमन्त्री बनेका थापा प्रधानमन्त्री ओली समूहमा प्रकट भएका थिए । हिजै प्रचण्ड माधव पक्षीय मन्त्रीहरुले एकैसाथ राजीनामा दिंदा बादल र लेखराज भट्टले राजनीनामा नदिए पछि ओली समूहमा रहेको अनुमान लगाइएको भएपनि आज ओलीले बोलाएको बैठकमा भने उनी गएनन् । तर लेखराज भट्ट भने सहभागी भएका छन् ।