जो लिंक परिवर्तन गरेर दिदीबहिनीबाट दाजुभाई बन्न ईच्छा

बिबिसी

१२ कात्तिक, इस्लामावादबाट, पाकिस्तान । ’म इस्लामावादबाट केटा बनेर गुजरात पुगेको छु । यो कुराको मलाई यति खुसी छ कि म बताउनै सक्दिनँ । मलाई सानैदेखि केटीका लुगा मनपर्थेन । मेरो काम र आनीबानी केटाहरूको जस्तो थियो । मेरा सात बहिनीहरू, दुई भाइ पाएर धेरै खुसी भएका छन् । मेरो भाइ पनि खुसी छ ।’

यो भनाइ भारतको गुजरात, सोनबडीको दोश्रो वर्षमा अध्ययनरत छात्र वलिद आबिदको हो । केटी भएर जन्मेका उनले लिंग परिवर्तन गरेका हुन् ।

लिंग परिवर्तन गर्नुअघि उनको नाम बुशरा आबिद थियो ।

उनकी बहिनी वाफिया आबिदले पनि लिंग परिवर्तन गराएर मुराद बनेका छन् । मुराद अहिले ९ कक्षाका छात्र हुन् ।

यी दुवै जना पन्जाबको एक जमिनदार परिवारका हुन् ।

डाक्टरका लागि एउटा फरक केस

वलिद र मुरादका आमाबुवाको सन् १९९३ मा बिहे भएको थियो । बिहेपछि उनीहरूका एकपछि अर्को गर्दै ९ छोरी जन्मिए । दुई छोरीले लिंग परिवर्तन गरेपछि उनीहरूका अब सात छोरी र दुई छोरा भएका छन् । वलिद उनीहरूका पाँचौ सन्तान हुन् भने मुराद छैठौ ं।

यी दुवै बहिनीको इस्लामावादस्थित पाकिस्तान इन्स्टियुट अफ मेडिकल साइन्सेसको बालबालिका अस्पतालमा १२ जना डाक्टरको टोलीले लिंग परिवर्तन गरेको हो । यो शल्यक्रियाको नेतृत्व डा. अमजद चौधरीले गरेका थिए ।

बिबिसीसँगको कुराकानीमा डा. चौधरीले आफूले यसअघि लिंग परिवर्तन शल्यक्रिया गरेको भए पनि आफ्ना लागि यो केस फरक रहेको बताएका छन् । वलिद र मुरादको दुई वर्षदेखि लिंग परिवर्तनको उपचार चलिरहेको थियो ।

डा. चौधरीका अनुसार उनले कहिल्यै पनि साख्य दिदीबहिनीको शल्यक्रिया गरेर दाजुभाइ बनाएका थिएनन् ।

’हामीले उनीहरूको भिन्दाभिन्दै शल्यक्रिया ग¥यौं । वलिद आबिदको शल्यक्रिया २० सेप्टेम्बरमा भएको हो । त्यसपछि उनलाई अस्पतालको आसियुमा राखियो । जब शल्यक्रिया पूर्ण रूपमा सफल भएको निश्चित भयो, हामीले १० अक्टोबरमा मुरादको शल्यक्रिया ग¥यौं,’ डा. चौधरीले भनेका छन् ।

उनका अनुसार कयौं चिकित्सक सहभागी भएको यो शल्यक्रिया ६ घण्टासम्म चलेको थियो । शल्यक्रिया सफल भएपछि दुवैलाई २१ अक्टोबरमा घर जाने अनुमति दिइएको थियो ।

किन गर्नुपर्र्यो लिंग परिवर्तन ?

एबटावादस्थित अयूब शिक्षण अस्पतालका डाक्टर जुनैदका अनुसार केही बच्चाको लैगिंकता जन्मको समयमा स्पष्ट हुँदैन । यो कारणले उनीहरूको प्रजनन् अंगले स्पष्ट आकार लिन सक्दैन । यस्ता बच्चामा दुवै किसिमको लैंगिक विशेषता हुन्छ र यस्तोमा उनीहरूलाई ’एटिपिकल जेनेटेलिया’ नामक रोग हुन सक्छ ।

डा. चौधरीका अनुसार यो रोग जन्मजात हुन्छ, जसका कारण विशिष्ट अंग र यौन विकासमा रोकावट हुन जान्छ । यो रोग निकै कम मानिसलाई हुन्छ । ०.५ देखि ०.७ प्रतिशतलाई यस्तो बिरामी हुन सक्ने डा. चौधरी बताउँछन् ।

’यो केसमा दुवै जना केटी नै थिए तर उनीहरूमा महिलामा हुने कुनै पनि विशेषता थिएनन्,’ उनले भने ।

उनका अनुसार उमेर पुग्दा पनि उनीहरूको महिनावारी सुरू भएको थिएन । त्यसपछि आमाले गुजरातमा उनीहरूको स्वास्थ्य जाँच गराइन् । त्यहीँबाट उनीहरूलाई पाकिस्तान इन्स्टियुट अफ मेडिकल साइन्सेस अस्पतालमा रिफर गरिएको थियो ।

त्यहाँ गरिएको सुरूआती परीक्षणबाट उनीहरूलाई ’एटिपिकल जेनेटेलिया’ भएको पत्ता लागेको थियो । यही कारण उनीहरूको लिंग परिवर्तन आवश्यक भयो । त्यसपछि शल्यक्रियाबाट उनीहरूका प्रजनन् अंगलाई सामान्य स्थितिमा ल्याइएको हो ।

डा. चौधरीका अनुसार यस्तो शल्यक्रिया अगाडि र पछाडि उपचार आवश्यक पर्छ । शल्यक्रियाअघि महत्वपूर्ण मनोवैज्ञानिक परीक्षण तथा मनोपरामर्श गरिन्छ भने शल्यक्रियाको केही समयपछि औषधिहरूको प्रयोगबाट आवश्यक हर्मोनहरू सिर्जना र विकास गरिन्छ ।

डा. चौधरीले यसअघि पनि कयौं मानिसको यस्तो किसिमको शल्यक्रिया गरिसकेका छन् । तीमध्ये थुप्रै मानिसले शल्यक्रियापछि राम्रो जीवन बिताइरहेको उनी बताउँछन् । शल्यक्रिया गर्ने÷नगर्ने निर्णय भने पूर्णरूपमा बिरामी स्वयंको हुन्छ ।

’यो केसमा पनि हामीले दुवै जनालाई निर्णय गर्ने पर्याप्त समय दिएका थियौं । हाम्रो उनीहरूसँग लगभग सबै विषयमा कुरा भएको थियो । हाम्रा मनोचिकित्सकले पनि उनीहरूसँग कुरा गरेका थिए,’ उनले भने ।

आमाबाबुहरूले आफ्ना बच्चाहरूको शारीरिक संरचना, प्रजनन् अंग र व्यवहार अलग भएमा तुरून्त चिकित्सकको परामर्श लिनुपर्छ । बेलैमा गरे यसको उपचार सम्भव भएको तर ढिलो भए पछि विभिन्न समस्या पैदा हुन सक्ने डा. चौधरीको भनाइ छ ।