Breaking News

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज शपथ लिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि उनका समर्थकहरु ठूलो संख्यामा जम्मा भएर विजयी जुलुस निकालेका छन् ।

ट्रम्पको शपथ ग्रहण समारोह अमेरिकी संसद भवन ‘क्यापिटल’मा हुनेछ । उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ । शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई समेत निम्तो दिएका
थिए । तर, सपथ समारोहमा सी नगएर चिनियाँ उपराष्ट्रपति सहभागी हुँदैछन् ।

राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए । गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै अमेरिकाको दोस्रोपटक राष्ट्रपति निर्वाचित भएका
थिए ।

राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन् । ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।