ताँजाकोट गाउँपालिकासँग जोडिएका सबै नाका ५ दिनका लागि बन्द

१२ कात्तिक, हुम्ला । कोरोना भाइरसको उच्च जोखिम बढेकाले कर्णाली प्रदेशको हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले ५ दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना भाइरसको जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिएका छन् ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरेको हो ।

हुम्लामा नौ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएका छन् ।

(रासस)