चाँडबाँडमा मासु खादा कस्तो सावधानी अपनाउने र कस्ता मान्छेले मासु खान हुन्न

चाडपर्वको बेलामा हरेकको भान्सामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । अन्य पर्वमा भन्दा बडादसैँमा खानेकुराका परिकार मध्ये प्रमुख परिकारको रुपमा मासु लिइन्छ । पर्वको समयमा मासुको मात्रै धेरै परिकार बनाएर खाने गरिन्छ । चाडपर्वमा खानेकुरा मिलाएर खान नजान्दा चाडपर्व लगत्तै बिरामीको संख्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन् ।

मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा 

शरीरलाई फाइदा हुन्छ ।

बडादसैँमा अन्य बेलाभन्दा खापपान बढी नै हुन्छ । वर्षभरीमा सन्तुलन मिलाएर खान पुग्ने मासु प्रायः धेरै नेपालीले दसैँको अवधिमा खाने चलन छ । यसपालीको वडादसैँ अरु बेलाको दसैँ भन्दा फरक तरिकाले मनाउँनुपर्ने भएकाले खानपानमा ध्यान दिन जरुरी झन जरुरी भएको पोषणविद् अरुणा उप्रेती बताउँछिन् । कोरोना महामारीको बेलामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने खानपिन ध्यान दिन जरुरी हुन्छ । त्यसैले अस्वस्थकर मासुको विभिन्न परिकार बनाएर खादा पेट दुख्ने, फुल्ने, झाडापखाला, आउँ, ‘फुड पोइजनिङ’ लगायतका विभिन्न किसिमका स्वास्थ्यमा समस्या आउन सक्छ । डा. उप्रेतीका अनुसार मासु खाँदा सावधानी नअपनाएमा १ सयभन्दा बढी रोगको संक्रमण हुने खतरा हुुन्छ । मासुजन्य पर्दाथ सेवन गर्दा कसरी गर्ने, कति गर्ने, मासुलाई कसरी ताजा राख्ने भन्ने बारेमा डा. उप्रेतीले यस्तो सल्लाह दिन्छिन् ।

स्वस्थ मानिसले कति मात्रा मासु सेवन गर्ने  ?

चाडपर्वमा धेरै मात्रा मासु खाने चलन छ । तर स्वस्थ मानिसले एक हप्तामा एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्दा राम्रो हुन्छ । दिनभरमा १०० देखि १५० ग्रामसम्म स्वस्थ मानिसले मासु खान उपयुक्त मानिन्छ । मोटोपना भएकाहरुले एकपटकमा बढीमा तीन देखि चार पिस मासु खाँदा राम्रो हुन्छ । मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा हुन्छ ।

मासुसँग धेरै चिसोपेय र मदिरा मिश्रण गरेर पिउँने चलन पनि छ । मासुसँग त्यस्ता पेय पदार्थ धेरै पिउँदा स्वास्थ्यमा नकारात्मक असर गर्दछ ।

कसले मासु खानुहुँदैन  ?

चाडपर्वका नाममा दीर्घरोगीले मासु खाँदा विष सेवन जस्तै बन्न सक्ने हुँदा समेसम्म दीर्घरोगी शाकाहारी नै बन्नु राम्रो हुन्छ । मासुका परिकार बनाउँदा प्राय तेलमा तारेको, भुटेको, सेकाएको र मसालेदार मासु खाँदा स्वास्थ्यलाई झन खतरा हुन्छ । चाडपर्वका नाममा नै कहिलेकाहीँ जिब्रोको स्वाद फेर्ने भन्दै दीर्घरोगीले पेट भरिसकेपछि पनि स्वादिलो चिज भने थपीथपी खाने गर्छन् । यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । दीर्घरोगीले मासु खानै परेमा चिकित्कको सल्लाहमा चिल्लो, मसला कम राखेर साधारण तरिकाले पकाएर खानुपर्छ ।

मासुलाई ताजा यसरी राख्न सकिन्छ

फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म राख्न गर्न सकिन्छ । फ्रिजमा मासु राख्दा छोपेर राख्ने गर्नुपर्छ । साथै काँचो र पाकेको मासु एकै ठाउँमा राख्नु हुँदैन । मासु पकाएर धेरै दिन राख्नु हुँदैन । केही गरी फ्रिज बन्द भएको अवस्थामा फ्रिजमा राख्दा मासु विषसमान हुन सक्छ । त्यो समयमा ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ ।

मासुसँग यी कुरासँगै सेवन गर्न हुँदैन

अन्यबेलामा भन्दा पर्वका बेलामा मासुका विभिन्न परिकार बनाएर खाँदा वा मासुसँग मदिरा सेवन गर्ने चलन छ । यस्तै मासु खाँदा मदिरा नपिउनेहरुले फेन्टा, कोकजस्ता चिसोपेय पिउने गर्छन् । त्यस्तै, मासुसँग धेरै चिसोपेय र मदिरा मिश्रण गरेर पिउँने चलन पनि छ । मासुसँग त्यस्ता पेय पदार्थ धेरै पिउँदा स्वास्थ्यमा नकारात्मक असर गर्दछ । चियो पेयहरुमा पाइने चिनीको मात्राले स्वास्थ्यमा असर गर्ने हुँदा मासजन्य परिकारसँग पेय पदार्थ लिँदा त्यो स्वस्थ हुन जरुरी छ । बजारमा पाइने रेडिमेड चियो पेयको सट्टामा दही, जुस पिउन सकिन्छ । मदिराजन्य पिय पर्दाथ प्रशस्त मात्रामा पिउनुभन्दा पानी तथा जुस जन्य पर्दाथ पिउँदा स्वास्थ बन्न सकिन्छ ।

कस्तो मासु खान हुँदैन

मासु सेवन गर्नुभन्दा पहिला गुणस्तर थाहा पाउँनुपर्छ । बजार विभिन्न तरिकाले झुन्डएर राखिएको मासु ताजा छ कि छैन, त्यसको रंग परिवर्तन भएको छ कि छैन भन्ने बारेमा जानकारी राख्दा राम्रो हुन्छ । बजारमा राखिएका मासु हरियो वा प्याजी रंगको भएको छ भने त्यो खान योग्य हुँदैन । बजारमा राखिएका केही मासु अमिलो र नमीठो गन्ध आएको खण्डमा त्यस्तो मासुको सेवन गर्न हुँदैन । पसलमा लामो समयसम्म खुला झुन्ड्याएर राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण हुने भएकाले ख्याल गरेर किन्नु पर्छ ।

रातोपाटीबाट