होन्डा बाइक किस्तामा किन्दा लाग्ने ब्याज र खरिद गर्दा लाग्ने प्रक्रिया

१९ असोज, काठमाण्डौ । होन्डाको नेपालको आधिकारिक बिक्रेता आस्याकार ट्रेडिङले कम्पनीका कम मूल्यका साइन र युनिकर्न मोटरसाइकल र डियो, एभिएटर लगायत स्कुटर धेरै ग्राहकको रोजाइमा पर्ने गर्दछन् । ग्राहकलाई सवारी किन्न सहज होस् भनेर विभिन्न योजनाहरू ल्याइरहेको हुन्छ ।

यस्तै, मासिक किस्ता तिरेर पनि बाइक–स्कुटर किन्न सकिने सुविधा कम्पनीले दिएको छ ।

स्याकार ट्रेडिङका बिजनेस डेभलपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठका अनुसार कम्पनीले हाल दुई किसिमका किस्ता सुविधा दिएको छ ।

एउटा, शून्य डाउनपेमेन्ट अर्थात सुरूमा एक रूपैयाँ मात्र बुझाउनु पर्ने र बाँकी रकम किस्तामा तिर्ने ।

दोस्रो, ६० प्रतिशत रकम सुरूमै बुझाएर बाँकी रकम किस्तामा तिर्न सकिने ।

यी दुई खाले किस्ताका लागि चाहिने कागजपत्रको मापदण्ड अलिकति फरक छ। त्यस्तै किस्ता तिर्ने समय पनि अलग छ ।

६० प्रतिशत डाउनपेमेन्ट गरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छ :

आफ्नो आयस्रोत खुल्ने कागजपत्र ।
नागरिकताको फोटोकपी ।
म्याद ननाघेको लाइसेन्सको फोटोकपी ।
२ वटा फोटा ।
त्यस्तै ग्राहकले काठमाडौंमा घर भएको एकजना जमानी राख्नु पर्छ । उक्त जमानीको आफ्नो नाममा घर नभए जसको नाममा छ उसँगको नाता खुल्ने कागज ल्याउनु
पर्छ । जमानीको पनि एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ । यदि ग्राहकको काठमाडौंमा आफ्नै परिवारको घर भए परिवारका अन्य सदस्य पनि जमानी बस्न सक्नेछन् ।
यो योजनाको ब्याज कति हो ?

६० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ प्रतिशत मात्र ब्याजदर तिर्नुपर्छ । यो योजनामा कम्पनीले किस्तालाई १२ महिना (एक वर्ष) तिर्नुपर्ने नियम बनाएको छ ।

शून्य डाउनपेमेन्ट :

सुरूमा एक रूपैयाँ मात्र तिरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छ ।

ग्राहकले एक वर्षदेखि काम गरिरहेको ठाउँको तलबको कागजपत्र (स्यालरी सिट) ।
कम्पनीले दिएको परिचय पत्रको फोटोकपी ।
एक वर्षदेखिको तलबको बैंक स्टेटमेन्ट ।
नागरिकता र लाइसेन्सको फोटोकपी ।
सवारीको मूल्य बराबरको ‘पोस्ट डेटेड चेक’ यो भनेको ग्राहकको खाताको चेकमा सवारीको मूल्य कति हो, त्यही अनुसार रकम लेखी हस्ताक्षर गरेर कम्पनीलाई बुझाउने हो। यसमा खातामा पैसा हुनैपर्छ भन्ने छैन र उक्त रकम खातामा भए पनि कम्पनीले लिँदैन । यदि कुनै ग्राहकले बेइमानी गरिहाले उक्त चेकमार्फत् कम्पनीले सम्पर्क गर्न ‘पोस्ट डेटेड चेक’ खोजेको हो ।
त्यस्तै काठमाडौंमा घर भएको एक जना जमानी राख्नु पर्छ । जमानीको एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु
पर्छ ।

यो योजनाको ब्याज कति हो ?

शून्य डाउनपेमेन्ट योजना अन्तरगत दुई पांग्रे किन्दा १३ प्रतिशत ब्याजदर तिर्नुपर्छ । यसमा कुल किस्ता रकम २ वर्षभित्र तिर्नेगरी भाग लगाइएको हुन्छ ।