कोरोना लकडाउन र सरकारी रबैया

कोरोना भाइरसका कारण लगाइएको लकडाउनले नेपाली जनताले पाउन सम्म दुःख पाएका छन् । बिहान र बेलुका गुजारा गरेर छाक टार्नेहरुका लागि त एक गास खाना नपाएरै मर्न विवस भइसकेका छन् । एक त नेपाल गरिब मुलुक हो, त्यसमा पनि कोरोना महामारीले घरभित्रै बस्नु के पकाउनलाई चामलको गेडो पनि छैन, घर बाहिर जाऔं सरकारले निस्कनै दिन्न, गएर पनि कहाँ जाने दोधारे बिडम्बनामा चेपिएको छ नेपालीको जिन्दगीे ? यो आपत्ति माथिको सामाधन कहिले र कसले गरिदेला भनेर जनता घरभित्र छट्पटिरहेका छन् ।

दिनदिनै कोरोना संक्रमिण बिरामी बढ्ने क्रम जारी छ तर ति बिरामीलाई राख्ने न राम्रो आइसोलेसनको व्यवस्था छ न विदेशबाट आएका र एक जिल्लाबाट अर्को जिल्लामा गएकाहरुलाई राम्रो बन्दोबस्तोको क्वारेन्टाइनको व्यवस्था छ । सरकारले बनाएको क्वारेन्टाननै कोरोना संक्रमिण उत्पादन गर्ने अखडा नै बन्न पुगेका छन् । राज्यको यस्तो व्यवस्थाप्रति जनता आजित भएको बेला अझैं राज्य भन्दैछ १४ दिन, २१ दिन क्वारेन्टाइनमा बस्नुपर्छ नत्र घर जान पाइन्न । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने राज्य सयन्त्रले कोरोना संक्रमण कसरी निस्तेज पार्न सक्छ यो नै चिन्ताजनक बिषय भएको छ । आखिर किन यस्तो हर्कत र रबैया देखाई रहेको छ सरकार ? किन आइसोलेसनको व्यवस्था गर्न सक्दैन सरकार ? किन क्वारेन्टाइनको राम्रो व्यवस्था गर्न सक्दैन सरकार ? अर्को तिर देशमा कोरोना संक्रमण बढेको बढ्यै छ, अहिले पहिलेको भन्दा कोरोना संक्रमणबाट मर्नेहरुको संख्या पनि दिनप्रतिदिन बढ्ने क्रम जारी छ । तर सरकार अझै सुस्त गतिमा हिडिरहेको छ ।

यो राज्यको कमजोरी हो ।

त्यसैले कुनै पनि काम सेफ र सावधानी पूर्वक बजार खोल्ने र व्यापार व्यावसाय संचाल गर्न सकियो भने कोरोनालाई लकडाउन लगाउनै पर्दैन । तर नेपालीमा त्यसको जनचेतना नभएको कारणले पनि यस्तो हुन आएको हो । जनचेतनाको लागि सरकारले पनि त्यस्ता खालका कार्यक्रम ल्याएर जनतामा सामु जानसक्नु पर्यो । हैन भने कति दिन, कति महिना, त्यसपछि बषौैंसम्म कोरोना फैलिरहला अनि सरकारले यसरी निषेधाज्ञा लगाउदै जाने हो भने जनता त कोरोनाले भन्दा खान नपाएर भटाभट मर्न सक्ने दिन पनि नआउला भन्न सकिन्न । अहिले जनमानसमा कोरोनाको त्रास छदैछ अबत कोरोना भन्दा भोकले पो मर्ने हो की भन्ने डर भइसक्यो ।

कोरोना लागेपछि समाज मात्र नभएर आफ्नै परिवारबाट समेत अपहेलित हुनुपर्ने हुदो रहेछ । समाजबाट तिरस्कृत भइदो रहेछ आखिर किन ? यसप्रति पनि सरकारले जनचेतनाको कमजोरी गरिरहेको छ । एक त रोगले अलग बस्नु परेकै छ तर पनि समाज र परिवारले हेर्ने दृष्टिकोणले बिरामीलाई झन पिडा बनाउने काम नगरौं बरु हौसला र रोगबाट लड्न सक्ने क्षमताको खुशीयाली दिलाऔंं ।