बिहानिको सुन्दरता

कबिता

 

कति राम्रो बिहानी सबैतिर राम्रो ।
सुन्दरताले भरिएको मेरो देश हाम्रो ।

हरियाली जहातही सुन्दरताको धनी ।
परि भन्दा कम छैन मेरो देशको पानी ।

हराभरा देखिराछु चारैतिर वनजंगल ।
कति राम्रो देश नेपाल सबैलाई शुभमंगल ।

देशको नाम चिनाई रहने नेपालिको बानी।
सबै जात,धर्म छरिएको हाम्रो स्वाभिमानी ।

नेपाली हौ सबै हामी मिलीजुली गरौ।
सबै जात मिलिकन देशको बिकास गरौं ।