Breaking News

बोगटीले सिम्रिक एयर भाईरल तोरीबारीमा अवतरण गरेपछि….

म्याग्दी । बेनि नगरपालिका १ मा रहेको भाइरल तोरिबारी पछिल्लो चरणमा ज्यादै चर्चामा आएको छ । यहाँ आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रुपमा चिनिन थालेको छ । यही सिजनमा यस ठाउँमा तोरी फुलेर पहलेम्बै भएका खेतबारीमा घुम्न जानेहरुको भिड नै लाग्ने गर्दछ । यहाँ टिकटकका साथै केही म्युजिक भिडियोहरुको समेत छायांकन हुने गर्दछन् । विस्तारै पर्यटकका रुपमा चिनि थालेको योे तोरीबारी रत्नेचौरलाई थप प्रचार प्रसारमा होस र अझै विश्वका सबै स्थानमा प्रचारमा टेवा पुर्याउनको लागि त्यहीकै स्थानीय वासिन्दा तथा समाजसेवी तथा व्यापारी दिपक बोगटीले हिजो दिउँसो सिम्रिक एयर तोरीबारी रहेको रत्नेचौरमा अवतरण गरेका छन् ।

पछिल्लो चरणमा रत्नेचौर तोरीबारीले गर्दा पर्यटकीय स्थलको रुपमा परिचित हुन थालेको छ । त्यही तोरीबारीका पुर्खौली घर भई हाल काठमाडौंमा बस्दै आएका उनको मलेसियामा धौलागिरी फेन्सी पसल र चितवनको सौराहमा होटेल अर्थ लाइट सञ्चालनमा छन्।

व्यावसायी बोगटी म्याग्दीको पहिलो लोकदिप बोडिङ र लोकदिप बचत तथा ऋृण सहकारी सस्थाको सस्थापक अध्यक्ष पनि हुन्।

बोगटीका स्वर्गीय पिता ओम बहादुर बोगटी नेपाली काङ्ग्रेस म्याग्दीको सस्थापक सभापति थिए । उहाँ सामाजिक, राजनीतिक र बिकास प्रेमी एक सच्चा इमानदार निडर ब्यक्तित्वको रुपमा चिनिनु हुन्थ्यो ।

भाइरल रत्नेचौरका प्राय सबै कृषकले हिउँदको समयमा खेतबारीमा गहुँ, सुर्यमुखी फुल, तोरि र बर्षादको समयमा धान लगाउने गर्दछन् । हरियाली र पहेलपुर मनोरम दृश्य देखिने यो समयमा सोही तोरी बारीमा समाजसेवी बोगटीले हेलिकप्टर बाट तोरीबारीको अवलोकन गरेपछि अझै सोभा बढ्नुका साथै पर्यटकीय स्थलको रुपमा प्रचार भएको मानिन्छ ।

आजभोलि रत्नेचोरको तोरीबारीका मनोरम दृश्य अवलोकन गर्न, मन भुलाउनका साथै सामाजिक संजालमा रमाइलो गर्न बागलुङ , पर्बत, म्याग्दी र कास्की, तनहुँ जस्ता ठाउँबाट आन्तरिक पर्यटकको आगमन हुन्छ । साथै मुस्ताङ जाने हजारौं पर्यटकहरु रत्नेचोरमा पुग्ने गर्दछन् । घुम्न आउनेहरुले स्थानीयय पोसाकमा फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाएर मनोरञ्जन लिने गर्दछ्न । यही आन्तरिक पर्यटकले गर्दा यहाँको ब्यवसाययमा व्यापार भएर आय,आर्जनमा वृद्धि भएको स्थानीय व्यापारी बताउछन्।

रत्नेचोरलाई अझै बिकास निर्माणमा मात्र नभएर आन्तरिक पर्यटकलाई आकर्षक गर्न सिम्रिक एयरलाई यस तोरीबारीमा अवतरण गरिएको निबर्तमान वडा अध्यक्ष टेक बहादुर रावलले बताए। भोलिका दिनमा पर्यटीय स्थलको रुपमा प्रचार सम्भावना रहेको यस रत्नेचौरलाई स्थानीय सरकार, स्थानीय जनसमुदाय, व्यापारी, पत्रकार, समाजसेवीहरुले प्रचारप्रसार गर्नु प्रमुख आवश्यकता रहेको छ ।

 

कृष्ण बहादुर कार्की