डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

१५ भदौ, काठमाण्डौ । पछिल्लो चरणमा राजनीतिज्ञ, व्यापारी, डाक्टर, तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिन थालेसँगै आज वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ ।

शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले बताएका
छन् ।

दुवैको स्वास्थ्य सामान्य छ । ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो ।

दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो ।