अक्षर को मित्रता सँगै साहित्यलाई सजाएकी मैले अक्षर भित्र संसार देखेकी छु र खोजिरहेकी छु । भनिन्छ मानिस को संघर्ष थकानमा साहित्य औषधि र मलम हो । साहित्य धोका रहित को साथित्व र मित्रता को पहिचान हो ।
वास्तविक जीवनमा पसेपछि थाह हुन्छ, जीवन के हो ? जीवन समाजलाई सिकाउने र राम्रो काम गर्ने दस्ताबेज हो । यो जीवन बदल्ने एक औजारको रुपमा साहित्य लाई चिन्न सकिन्छ ।
मानिसहरुको भिडमा भन्दा साहित्यीक सरगममा बढी शितलता दिने मलम पाए मैले, साहित्यले जीवनको छहारी दिने र शितलता पनि दिने गरेको भेटाएकी छु । साहित्य ज्ञान को भन्डार हो अनि बैज्ञानिक र नैतिक, सामाजिक चिन्तन पनि हो । यो समग्र समाज को सकरात्मक सोच हो । साहित्यमा उर्जा र शक्ति हुन्छ जसले मानिस को रुप नै महामानबमा बदलिदिन्छ । साहित्य ले आध्यात्मिक वाद को शिक्षा र त्यसको गतिशीलतालाई औल्याउँदै बिकसित रुप दिन्छ । साहित्य संसार बदल्ने दस्ताबेज हो । आज संसारलाई चिनाउने पनि साहित्य हो । यो साहित्य विभिन्न अक्षर को निर्माण बाट हुन्छ । साहित्यले समाजको बिकृती हटाउछ । दिमागको सौन्दर्य लाई चम्काउछ । सधै–सधैं सकरात्मक सोच संग उठ्ने साहित्यिक धरातल कहिल्यै मर्दैन अनि थाक्दैन पनि ।
साहित्यले आध्यात्मक वादको शिक्षा र त्यसको गतिशीलता लाई औंलाएको पाइन्छ । साहित्य संसार साच्चै रमाइलो छ, साच्चै मनमोहक छ । यसले मानसिक स्वास्थ्य लाई सधैं उच्च बिन्दु मा राख्छ । त्यसैले साहित्य अक्षरको संगतले गलत मान्छेको संगतबाट टाढा बनाउछ । साहित्यीक बगैचालाई गोडमेल गर्ने मान्छे थोरै हुन्छन् । त्यसलाई परिभाषित गर्ने मान्छे सफल रुपमा अगाडी बढ्छन । हो संसार बनाउने र समाज बनाउने सबै साहित्यीक धरातल हो । साहित्य सरगमले हामिलाई कहिल्यै एकान्तको आभस हुन दिन्न ।
सैद्धान्तिक र ब्यबहारिक शिक्षा को उच्चबिन्दु रहेको अक्षरबाट साहित्य निर्माण गर्छौ । साहित्य ले प्रकृतिको बर्णन गरेर बैज्ञानिक शिक्षाको सुरुवात गरेको थियो । त्यसैले साहित्य लाई लात होइन त्यस लाई सिगार्ने रसम्मान गर्ने गर्यौ । यो मानव जिबनको परिहार्य औजार हो ।