देशभरमा ८१८ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौ उपत्यकामा १६६ जनामा संक्रमिण थपिए

७ भाद्र, काठमाण्डौ । आज देशभरमा ८१८ जना कोरोना भाइरसका संक्रमिण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही संख्याभित्रमा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजसम्म १८ हजार ६३१ जना निको भएर घर फर्किएका छन् । देशभरमा ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताए ।